महोत्तरी र धनुषामा थप ३३ जनामा कोरोनाको संक्रमण पुष्टि
जनकपुर, असार १३ : महोत्तरी र धनुषामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनकपुर, असार १३ : महोत्तरी र धनुषामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा गरिएको परीक्षणमा शनिबार महोत्तरीका ३० जना र धनुषाका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
महोत्तरीको सम्सी, औरहीस्थित रामविलास मावि र लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टाइनमा बस्दै आएका १०–१० जनामा कोरोको संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टाइनमा बस्दै आएका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
यसअघि शनिबार नै गत असार ४ गते दिल्लीबाट नेपाल आएर आफैँ होटलमा पेड क्वारेन्टाइनमा बसिरहेका पर्साका दुई जनामा कोरोनाको संक्रमण भेटिएको थियो।
प्रकाशित मिति: १४:०१ बजे, शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

