Kathmandu Press

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं, असार १३ :  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैं, असार १३ :  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ र नवलपुरका ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा जानकारी दिए।

संक्रमितहरु स्याङ्जाका २२ जना, बागलुङका ८ र नवलपुरका दुई जना रहेका छन्। उनका अनुसार स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिला, विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १–१ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

यस्तै, बागलुङको काठेखोला गाउँपालिकाका ७ जना पुरुष र ढोरपाटन नगरपालिकाका एक पुरुषमा तथा नवलपुरको हुप्सेकोट गाउँपालिकाका दुई जना पुरुषमा  कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. शर्माले जानकारी दिए। 

निर्देशक डा. शर्माका अनुसार संक्रमितहरु १२ महिने शिशुदेखि ५० वर्ष उमेर समूहका छन्। 

प्रकाशित मिति: ०९:२२ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्