Kathmandu Press

परराष्ट्रले भन्यो, 'नेपाल र चीनबीच सीमा विवाद छैन'

काठमाडौं, असार ११ : सरकारले उत्तर छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेकाे छ। 

परराष्ट्रले भन्यो, 'नेपाल र चीनबीच सीमा विवाद छैन'

काठमाडौं, असार ११ : सरकारले उत्तर छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेकाे छ। 

बिहीबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रिपोर्टका आधारमा प्रकाशन भएको भन्दै उक्त रिपोर्ट अस्तित्वमा नभएको जनाएको छ। 

परराष्ट्रले हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको दाबी गरेकाे छ। 'प्राकृतिक विकटताका कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ राखिएकाे छैन्,' विज्ञप्तिमा उल्लेख छ। नेपाल र चीनबीचकाे सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले जनाएको छ। 

'सीमासम्बन्धी विषय कृषि मन्त्रालयको क्षेत्राधिकारमा पर्दैन,' विज्ञप्तिमा भनिएको छ, 'सीमा सम्बन्धि केही समस्या देखिए दुई देशबीचको समझदारीमा समाधान गर्नेछौं।'

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्