Kathmandu Press

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, असार ११ : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा नेपालमा थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, असार ११ : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा नेपालमा थप दुई जनाको मृत्यु भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ।

असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। 

निमोनिया र मधुमेह रोगबाट पीडित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

त्यस्तै, बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका चितवनका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्