Kathmandu Press

ग्रहणले छपक्कै छोपियो सूर्य

काठमाडौं, असार ७ : आज खण्डग्रास सूर्य ग्रहण लागेको छ। ग्रहणले सूर्यलाई छपक्कै छोपेको छ।

आइ

ग्रहणले छपक्कै छोपियो सूर्य
रिवाज राई

काठमाडौं, असार ७ : आज खण्डग्रास सूर्य ग्रहण लागेको छ। ग्रहणले सूर्यलाई छपक्कै छोपेको छ।

आइतबार लागेको सूर्य ग्रहणले सूर्यलाई पूरै ढाक्ने भएपनि नेपालमा भने केही भाग खाली नै रहेको छ। बिहान १० बजेर ५० मिनेटमा सुरु भएको सूर्य ग्रहण दिउसो २ बजेर २३ मिनेटसम्म लागेकाे थियाे।

शास्त्रीय मतअनुसार, ग्रहण लागेको समयमा सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा स्नान गर्नुपर्ने उल्लेख छ। त्यतिपनि नहुँदा घरमै स्नान गर्नुपर्ने धार्मिक मान्यता छ।

चन्द्र ग्रहण आँखाले हेर्न सकिने भएपनि सूर्य ग्रहण हेर्दा सावधानी अपनाउनुपर्छ। यसले आँखाभित्रको रेटिनालाई नष्ट गर्न सक्ने विज्ञहरुले बताएका छन्।

अझ मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। त्यसैले सूर्यग्रहण हेर्दा सावधानी अपनाउनुपर्ने विज्ञहरुकाे भनाइ छ।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, असार ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्