Kathmandu Press

आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ८ हजार ६ सय ५ पुग्यो

काठमाडौं, असार ६ : नेपालमा आज थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शन

आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ८ हजार ६ सय ५ पुग्यो

काठमाडौं, असार ६ : नेपालमा आज थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ।  शनिबारसम्म सरकारले १ लाख ६९ हजार १ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भएको छ। 

देशका विभिन्न क्षेत्रमा १ लाख २ हजार २ सय ४५ क्वारेन्टिनमा रहेका छन् । त्यस्तै ७ हजार ५ जना आइसोलेसनमा बसिरहेका छन्। संक्रमति भएका मध्य १५ सय ७८ जना निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनाबाट २२ जनाको निधन भएको छ। 

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, असार ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्