Kathmandu Press

डिन नियुक्तिमा पद्धति मिचियो, अब खड्गप्रसाद ओलीविरुद्ध लड्छु : डा. गोविन्द केसी 

काठमाडौं, असार ४ : वरिष्ठ चिकित्सक गोविन्द केसीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा संस्थानको ड

डिन नियुक्तिमा पद्धति मिचियो, अब खड्गप्रसाद ओलीविरुद्ध लड्छु : डा. गोविन्द केसी 

काठमाडौं, असार ४ : वरिष्ठ चिकित्सक गोविन्द केसीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा संस्थानको डिनको नियुक्तिमा वरिष्ठता मिचिनु दुर्भाग्य भएको प्रतिक्रिया जनाउँदै यो सबैको जड प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन्। 

आईओएमको डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्छ भनेर पटक पटक अनशन बसेको डा.केसीले बिहीबार वरिष्ठताको पुच्छारमा रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाह नियुक्त भएपछि दुर्भाग्य भएको टिप्पणी गरेका हुन्। ‘लामो संघर्ष गरेर वरिष्ठताका आधारमा डिन नियुक्तिको थिती बिगार्नु दुर्भाग्य हो’ डडेल्धुरामा रहेका डा. केसीले काठमाडौं प्रेससँगको टेलिफोन कुराकानीमा भने, ‘यो सबैको जड प्रधानमन्त्री केपी ओली हुन्, अब उनीविरुद्ध लड्छु।’

आईओएमको डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्छ भनेर आफ्नो अभियानमा साथ दिर्दै आएकी डा.सिंहले आफै वरिष्ठतालाई पन्छाएर नियुक्ति खाएको प्रति आफु आश्चय चकित भएको उनले बताए । ‘डा. दिव्या वरिष्ठताका आधारमा त्रिविमा पदाधिकारी नियुक्त हुनुपर्छ भन्ने अभियानमा हामीसँगै हुनुहुन्थ्यो’ डा. केसीले भने, ‘तर अहिले वरिष्ठलाई पन्छाएर कसरी आफै नियुक्ति लिनु भयो, अचम्म लागेको छ।’

डा. केसीले डा. सिंह भ्रष्टचार नगर्ने र योग्य भएपनि वरिष्ठताका आधारमा नियुक्तिको लागि अहिले तयार नहुनुपर्ने पनि बताए। ‘डा.सिंह महिला हो, सक्षम पनि हुनुहुन्छ, म व्यक्तिगत रुपमा खुःशी पनि छु’ डा.केसीले भने, ‘तर हाम्रो अभियानमा साथ दिने र अहिले आफै मिच्नु दुर्भाग्य हो।’

डा. केसीले ओलीले आफु ‘महाराजा’ हुनेगरी विश्वविद्यालय लगायतका प्रतिष्ठित पदमा आफ्ना मान्छे र पार्टीका कार्यकर्ता भर्ना गरेर तानाशाही प्रवृत्ति देखाएको पनि बताए। ‘यो सबै बेथितिको जड खड्गप्रसाद ओली हो’ डा. केसीले भने, ‘अब म खड्ग ओलीविरुद्ध लड्छु।’

प्रकाशित मिति: २०:३६ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्