Kathmandu Press

प्रधानमन्त्रीको भविष्यवाणी : आगामी फागुनबाट कोरोना मुक्त देश बन्छ  

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुनसम्म कोरोनालाई पूर्णरुपमा नियन्त्रण गर्न

प्रधानमन्त्रीको भविष्यवाणी : आगामी फागुनबाट कोरोना मुक्त देश बन्छ  

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुनसम्म कोरोनालाई पूर्णरुपमा नियन्त्रण गर्न सकिने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले फागुनसम्म कारोना पूर्णरुपमा नियन्त्रण भइसक्ने बताएका हुन्। ‘असोज कात्तिकसम्म कोरोनाको पारो तल झर्छ। माघमा नियन्त्रण हुन्छ र फागुनमा सम्भवत कोरोना मुक्त भइन्छ,’ उनले भने, ‘अहिले संक्रमितको संख्या बढेपनि साउनसम्म नियन्त्रण गर्न सकिन्छ। किनकी भारतबाट आउने मानिसहरुको संख्या घटेको छ।’

उनले कोरोना नियन्त्रणका लागि संक्रमितलाई सहजै प्रवेश नदिइने, उपयुक्त क्वारेन्टाइनमा राख्ने र कोही उम्किएर समुदायमा जान नदिने व्यवस्था मिलाइने बताए। उनले प्रधानमन्त्री कार्यालय मातहत विनियोजन भएको अनुपयुक्र्त बजेट नछुटइएको बताए। उनले कोरोनाका लागि सरकारले क्षमता अनुसारको बजेट विनियोजन गरेको बताए। 

उनले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि समेत जनाए। ‘१० अर्ब खोई भनिएको छ। १० अर्ब तल पठाइयो,’ उनले भने। स्थानीय तहहरुले क्वारेन्टाइन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए। स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने उनको भनाइ थियो। उनले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताए। ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए। तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनले दाबी गरे।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्