Kathmandu Press

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, मनाङमा पहिलो संक्रमण 

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा थप ४७  जनामा कोरोना भाइस (कोभिड १९ ) पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, मनाङमा पहिलो संक्रमण 

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा थप ४७  जनामा कोरोना भाइस (कोभिड १९ ) पुष्टि भएको छ ।

विहिबार एक बिहानै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले प्रेस बिज्ञप्ति प्रदेशका ४ जिल्लामा गरेर ४२ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका १२ जना, नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) का १८ जना, गोरखाका ११ जना, पर्वतका ५ जना र मनाङका १ जना रहेका छन् ।  मनाङमा पहिलो पटक संक्रमण देखिएको हो । 

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । मनाङका १ जना संक्रमित कपिलबस्तुबाट फर्केका हुन् भने अरु सबै संक्रमित भारतबाट नेपाल आएका हुन् । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  । 

प्रकाशित मिति: ०६:५६ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्