Kathmandu Press

भारतका रक्षामन्त्रीले भने– नेपालसँग सीमाका विषयमा भ्रम पैदा भएको छ, वार्ता गरेर मिलाउँछौं 

काठमाडौं, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाट स

भारतका रक्षामन्त्रीले भने– नेपालसँग सीमाका विषयमा भ्रम पैदा भएको छ, वार्ता गरेर मिलाउँछौं 

काठमाडौं, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन्। उत्तराखण्डका भाजपका कार्यकर्तासँग संवादका क्रममा सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाट हल गरिने बताएका हुन्।

पछिल्लो समय नेपाल र भारतको सीमा विवाद चर्किएको छ। भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा मात्रै जारी गरेन्, नेपाली भूमिमै मानसरोवर जाने सडक समेत बनाएको छ। नेपालले समेत भारतले अतिक्रमण गरेको भूमी समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। 

यही अवस्थामा उत्तराखण्डका भाजपा कार्यकर्तासँगको कुराकानीपछि ट्वीट गर्दै उनले नेपालसँग भारतको गहिरो सम्बन्ध रहेको बताएका छन्।  ‘हाम्रो छिमेकी देश नेपालसँग मानसोवर जोड्ने धार्चुला–लिपुलेक सडकलाई लिएर केही विवाद पैदा भएको छ। भारत र नेपालका बीचमा जुन सम्बन्ध छ, यो कुनै सामान्य सम्बन्ध होइन। भारत र नेपालकाबीचमा रोटी र बेटीको सम्बन्ध छ,’ उनले भनेका छन्, ‘नेपालसँग हाम्रो केवल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्रै छैन। आध्यात्मिक  सम्बन्धसमेत छ। भारत–नेपाल सीमालाई लिएर एक भ्रमको स्थिती बनेको छ। त्यसलाई मिलेर कुराकानीका माध्यमबाट हल गर्नेछौं।’ 

उनले नेपालका जनता प्रति भारतमा कहिले पनि कटुता नभएको बताएका छन्। यस्तै उनले पशुपतिनाथलाई भुल्न नसकिने बताएका छन्। ‘बाबा पशुपतिनाथलाई हामी कसरी भुल्न सक्छौं। बाबा पशुपतिनाथ हो या हाम्रो भारतमा काशी विश्वनाथ, सोमनाथ यी सबैको अमरनाथबाट कसरी अलग गर्न सकिन्छ?,’ उनले भनेका छन्, ‘यो सम्बन्ध त यो लोकको मात्र होइन। मलाई लाग्छ यो सम्बन्ध दोस्रो लोकको पनि हो। जुन चाहेर पनि बदल्न सकिँदैन। अहिले म रक्षामन्त्रीकोरुपमा जिम्मेवारी निर्वाह गरिरहेको छ। यहाँ गोरखा रेजिमेन्ट छ। जसले समय–समयमा बारम्बार वीरता र पराक्रमको परिचय दिएको छ। उक्त गोरखा रेजिमेन्टको पनि उद्घोष छ, ‘जय महाकाली, आयो रे गोरखाली।’

उनले मानसरोवर यात्रामा जाने तीर्थ यात्री सिक्किमको नाथुलाबाट जाने गरेपछि पछिल्लो समय धार्चुला–लिपुलेक लिंक रोडले सुविधा दिएको उनले बताएका छन्।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्