Kathmandu Press

चलचित्र बोर्डका अध्यक्षको फिल्म चलाउन बलिउड फिल्म ‘कलंक’माथि रोक

काठमाडौं, वैशाख ४ : नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो फिल्म चलाउन बलिउड फिल्म ‘कलंक’लाई रोकेका छन्।

बलिउडको मल्....

चलचित्र बोर्डका अध्यक्षको फिल्म चलाउन बलिउड फिल्म ‘कलंक’माथि रोक
एजेन्सी

काठमाडौं, वैशाख ४ : नेपाल चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो फिल्म चलाउन बलिउड फिल्म ‘कलंक’लाई रोकेका छन्।

बलिउडको मल्टिस्टार फिल्म कलंक आज प्रदर्शन हुँदै थियो । तर, नेपाल चलचित्र विकास बोर्डले अनुमति नदिएपछि प्रदर्शन नहुने भएको छ।

Hardik ivf

सेन्सर पासका लागि वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस्ले बोर्डमा निवेदन दिएको थियो । तर, बोर्डका कर्मचारीले ‘अध्यक्ष केशव भट्टराईको आदेश’ भन्दै अनुमति नदिइ फिर्ता पठाएका छन् । सेन्सर बोर्डका शाखा अधिकृत गिरिश शर्माले अध्यक्ष भट्टराईको निर्देशन अनुसार, ‘कलंक’लाई अनुमति नदिएको स्वीकारे।

सेन्सर बोर्ड स्रोतका अनुसार, अध्यक्ष भट्टराईको फिल्म ‘यात्रा’ लाई घाटा नहोस भनेर ‘कलंक’लाई अनुमति नदिएको हो । अहिले भट्टराईले निर्माण गरेको फिल्म ‘यात्रा’ हलमा चलिरहेको छ।

बलिउड फिल्म ‘कलंक’लाई रोक लगाउने बोर्डका अध्यक्ष भट्टराई कदमको वितरक तथा प्रदर्शकहरूले विरोध गरेका छन् । क्यूएफएक्स संचालक भाष्कर ढुंगानाले यसलाई ‘स्वार्थहरूको द्वन्द्व’ र ‘अख्तियारको दुरुपयोग’ भनेका छन् । फेसबुकमा स्टाटस पोस्ट गर्दै ढुंगानाले रिलिज डेट तोक्ने काम चलचित्र विकास बोर्डको नहुने भन्दै प्रदर्शक, वितरक र निर्माताको समन्वयमा हुनुपर्ने जिकिर गरेका छन्।

यसलाई लिएर मंगलबार गोपिकृष्ण, गंगा र गुण हलका अध्यक्षले बोर्डका अध्यक्ष भट्टराईलाई समेत भेटेका थिए । उनले बुधबार कुनै हालतमा पनि फिल्म रिलिज गर्न अनुमति नदिने अडान राखेका छन् । छलफलमा सहभागीका अनुसार, उनले शुक्रबारसम्म अनुमति दिन सकिने जवाफ दिएका छन्।

बलिउड फिल्म ‘कलंक’मा आलिया भट्ट, बरुण धवन, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर, संजय दत्त, कृति सनुन, किरारा अडवाणीलगायतको अभिनय रहेको छ । यसको निर्देशन अभिषेक वर्मनले गरेका हुन्।

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, वैशाख ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्