Kathmandu Press

कर्णाली प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १९ : कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्प

कर्णाली प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १९ : कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेष्ण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतको ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जना रहेका छन्। 

त्यस्तै, दैलेख नारायण नगरपालिका १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिका १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका १ र १० का पाँचजना पुरुष रहेका छन्।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ प्रहरीसहित १९ जनामा र दैलेखका २४ जनामा संक्रमण पुष्टि भएकाे थियाे।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १९८ पुगेको छ। 

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्