Kathmandu Press

बाँकेको राप्तीसोनारीमा गाडी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौं, जेठ १९ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवार

बाँकेको राप्तीसोनारीमा गाडी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौं, जेठ १९ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो।

दुर्घटनामा सवारी चालक समेत गरि जनाको ११ को मृत्यु भएको छ । जसमा १० पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सल्यान पठाइदै गर्दा दुर्घटनामा परेको हो । 

प्रकाशित मिति: ०६:५८ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्