Kathmandu Press

थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं, जेठ १८ : नेपालमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार

थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं, जेठ १८ : नेपालमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु  रौतहटका २९, सल्यानका २५, धनुषाका २१, कालिकोटका १८, दैलेखका १८, सप्तरीका १२, सर्लाहीका १०, बाँकेका ८,  पर्साका ५, कपिलवस्तुका ५, झापाका ४,  कैलालीका ३, बाजुराका ३, स्याङ्जाका २, तनहुँ,  सुर्खेत र मोरङका १–१ जना रहेका छन्। संक्रमितमध्ये १६४ पुरुष र दुई जना महिला रहेको प्रवक्ता देवकाेटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ। संक्रमितमध्ये २२० जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् भने आठ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्