Kathmandu Press

अमेरिकामा ब्ल्याक समुदायका व्यक्तिकाे हत्या गरेको विरोधमा देशभर हिंसात्मक प्रदर्शन

काठमाडौं, जेठ १८ : मिनेसोटा राज्यको मिनिपोलिसमा एक जना ब्ल्याक समुदायका व्यक्तिलाई ह्वाईट समुदायका प

अमेरिकामा ब्ल्याक समुदायका व्यक्तिकाे हत्या गरेको विरोधमा देशभर हिंसात्मक प्रदर्शन

काठमाडौं, जेठ १८ : मिनेसोटा राज्यको मिनिपोलिसमा एक जना ब्ल्याक समुदायका व्यक्तिलाई ह्वाईट समुदायका प्रहरी अधिकारीले हिरासतमा हत्या गरेको भन्दै अमेरिकाभरी हिंसात्मक प्रदर्शन भएको छ। 

अमेरिकाका ३० राज्यमा विगत छ दिनदेखि लगातार प्रदर्शन भैरहेको छ । ‘ब्ल्याक लाईफ म्याटर’को नारा लगाउदै मिनेपोलिस, न्यूर्योक, लस एन्जलस, सिकागो, लगायतका ३० राज्यका विभिन्न सहरहरुमा हिंसात्मक प्रदर्शन हुदा त्यहाँको प्रशासनले कफ्यु आदेश जारी गरेको छ। 

गत हप्ता ४६ बर्षिय जर्ज फ्ल्योडलाई प्रहरी हिरासतभित्रै हत्या गरिएको भन्दै त्यसका दोशी चार जना ह्वाई प्रहरी अधिकारीलाई कारबाहीको माग गर्दै प्रदर्शन  गरिएको हो । जातिय आधारमा ह्वाइट प्रहरी अधिकारीले ब्ल्याक समुदायमाथि विभेदपूर्ण व्यवहार गरेर हत्या गरेको प्रदर्शनकारीहरुको दावी छ। 

मिनिपोलिशबाट सुरु भएको आन्दोलन अहिले हिंसात्मक हुदै देशभर फैलिएको छ। प्रदर्शनकारीहरुले सहरका विभिन्न क्षेत्रमा तोडफोड र आगालागी गरेको छन् । त्यहाँको प्रशासनले कफ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीहरुले त्यसको उल्लंघन गर्दै आन्दोलन जारी राखेका छन्।


 
 

प्रकाशित मिति: १४:४८ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्