Kathmandu Press

कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, जेठ १८ : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको कोरोना भाइरसको का

कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, जेठ १८ : जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ। 

भारतबाट कैलालीका गौरिफन्टा नाका हुँदै ८ दिन पहिले आएर क्वारेन्टाइनमा राखिएको बालिकालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। १५ गते अस्पताल भर्ना गरिएको बालिकामा ज्वारो आउने, बान्ता हुने समस्या रहेको थियो।

कडा निमोनिया देखिएको बालिकालाई स्वास फेर्न कठिन भएको थियो भने मुटुको चाल पनि बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बालिकाको मृत्युपछि शनिबार बिहान बालिकासहित उनका बुवा र आमाको स्वाव संकलन गरी परीक्षणको लागि पठाइएको थियो।

परीक्षणकाे क्रममा बालिकाको आमाको पनि कोरोना संक्रमण रिर्पोट पोजेटिभ देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्