Kathmandu Press

कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १८ : कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १८ : कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा सुर्खेतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ३३ जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी कोरोना संक्रमण हुनेहरु दैलेख, कालिकोट, बाजुरा, सल्यान र सुर्खेत जिल्लाका रहेका छन् । संक्रमित मध्ये ५८ जना पुरुष रहेका छन् भने एक जना महिला रहेकी छिन् ।

यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । 


 

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्