नयाँ नक्सा अनुसार संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको नयाँ नक्सा सहितको संविधान
काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शनिबार अपरान्ह बसेको बैठकले कांग्रेस संसदीय दललाई उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको छ । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर हालै सरकारले जारी गरेको नक्साको स्वागत गर्दै आएको थियो । कांग्रेसको समर्थनसँगै नेपालको नक्सामा अवदेखि लिम्पियाधुरा, लिपुलेक र कालापनी पनि समेटिने गरी तयार भएको संविधान संशोधन प्रस्ताव पारित हुने भएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ नक्सा सहित संविधान संशोधन गर्नेगरी संसदमा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय भएको बताए ।











