Kathmandu Press

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ १६ : सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउनलाई

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ १६ : सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउनलाई  जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नु अघि सुरक्षा परिषद् बैठक पनि बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

लकडाउनको मोडालिटीका विषयमा विज्ञहरुसँग छलफल गरेर तय गर्ने पनि बैठकले निर्णय गरेको छ । 

प्रकाशित मिति: २१:२१ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्