Kathmandu Press

नेपालमा कोरोनाको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु भएको छ। 

नेपालमा कोरोनाको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु
सांकेतिक

काठमाडौं, जेठ १७ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट सातौं व्यक्तिको मृत्यु भएको छ। 

शनिबार दैलेखको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टाइनमै ज्यान गुमाएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको  स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले  पुष्टि गरे। 

भारतबाट फर्किएर १० दिनदेखि  क्वारेन्टाइनमा बस्दै आएका उनी बिहान चिया खाइसकेपछि हिँड्दाहिँड्दै लडेका थिए। लडेको केही समयमै उनको निधन भएको थियो। 

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।  यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक जानकारी दिन बाँकी छ।

 

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्