Kathmandu Press

थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो  

काठमाडौं, जेठ १७ : नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो  

काठमाडौं, जेठ १७ : नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक प्रयोगशाला रुपन्देही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कोशी अस्पताल विराटनगर, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नारायणी अस्पताल वीरगञ्जमा गरिएका परीक्षणमा थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु कपिलवस्तुका १०९,  सर्लाहीका १७, दैलेखका १४, सिराहाका ११, सप्तरीका ९,  धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, संखुवासभा र पर्साका २- २, बारा, झापा र ललितपुरका एक–एक जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या१४०१  पुगेको छ। संक्रमितमध्ये २१९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्