Kathmandu Press

सप्तरी र दैलेखमा थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १७ : नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शन

सप्तरी र दैलेखमा थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, जेठ १७ : नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका ९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैखेलको नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ६, ८, ९ , १० र ११ का १४ जना गरी २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरु ७ देखि ७० वर्ष उमेर समूहका रहेका छन्। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२३५ पुगेको छ। संक्रमितमध्ये २०६ जना अस्पतालबाट निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्