थप १७० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो
काठमाडौं, जेठ १६ : नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न

काठमाडौं, जेठ १६ : नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार रौतहट ५६, कपिलवस्तु ५१, झापा २८, बाँके १०, पर्सा ५, सर्लाही ५, सप्तरी ४, बारा ४, दाङ २, नवलपरासी २, म्याग्दी १ र रूपन्देही एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
योसँंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ सय १२ पुगेको छ। संक्रमितमध्ये २०६ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











