Kathmandu Press

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४४ पुग्यो

काठमाडौं, जेठ १६ : गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रद

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४४ पुग्यो

काठमाडौं, जेठ १६ : गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशानलय पोखराले जनाएको छ ।

देवचुली न.पा. का स्थानीय रहेको उनीहरु सोही नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएका पुरुषको उमेर १९ बर्ष र २१ बर्ष रहेको छ ।

संक्रमितलाई वर्दघाट सुस्ता पूर्वको मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । 

त्यसमध्ये ५ जनाले ज्यान गुमाइसकेका छन् भने १७८ जना उपचारपछि घर फर्केका छन् । 

 

प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्