आर्थिक वृद्धिदर महत्वकांक्षी ७ प्रतिशतको लक्ष्य
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।&

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।
सरकारले चालु आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका बेला सरकारले आगामी वर्ष महत्वकांक्षी लक्ष्य लिएको हो। कोभिड–१९ का कारण पुरै अथैतन्त्र धराशायी भइरहेका बेला बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी लिएको हो।
कोरोना भाइरसको त्रासले नेपाली अर्थतन्त्र संकटमा पर्ने देखिएको बेला सरकारले भने बजेटमार्फत हावादारी लक्ष्य राखिएको छ।
कारोनाका कारण तथ्यांक विभागले आर्थिक वृद्धिको लक्ष्य २ प्रतिशतमा झर्ने बताइसकेको छ। सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।
कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशतमाथि रहेको आर्थिक वृद्धि खुम्चिने, पूँजीगत खर्च झन् कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ।











