थप १५६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो
काठमाडौं, जेठ १५ : नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, जेठ १५ : नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
संक्रमितहरु झापा २५, धनुषा २९, रौतहट २०, महोत्तरी १७, सप्तरी १४, सुर्खेतमा १३, दैलेख ८, सर्लाही ७, सिरहा ६, बर्दिया ३, स्याङ्जा ३, कैलाली २, दोलखा २, दार्चुला, नवलपुर, मकवानपुर, बाँके, सोलुखुम्बु र बझाङ १–१ गरी १५६ जना रहेको प्रवक्ता देवकोटाले बताए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ। संक्रमितमध्ये १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १४४ जना पुरुष र ४३ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पाँच जनाको कोरोनाबाट मृत्यु भएको छ।











