Kathmandu Press

स्याङ्जामा थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ८८९ पुग्यो 

काठमाडौं, जेठ १५ : स्याङ्जामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्य

स्याङ्जामा थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ८८९ पुग्यो 

काठमाडौं, जेठ १५ : स्याङ्जामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ स्थायी ठेगाना भएका र सोही नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीया महिला गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार संक्रमित तीनै जनालाई सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या भने ८८९ पुगेको छ।

प्रकाशित मिति: ०८:११ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्