Kathmandu Press

कोरोनाको संक्रमणबाट ललितपुरमा एकको मृत्यु, मृतकको संख्या पाँच पुग्यो 

काठमाडौं, जेठ १५ : कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।

किस्ट अस्पतालमा उपचारका लागि भ

कोरोनाको संक्रमणबाट ललितपुरमा एकको मृत्यु, मृतकको संख्या पाँच पुग्यो 

काठमाडौं, जेठ १५ : कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।

किस्ट अस्पतालमा उपचारका लागि भर्ना भएका ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन्।

उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र  कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो।

कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकी छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जना गरी चार जनाको मृत्यु भइसकेको छ। नेपालमा हालसम्म ८८६ कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

प्रकाशित मिति: ०६:३४ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्