Kathmandu Press

थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ : नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मं

थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ : नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा २४, सुर्खेतको प्रयोगशालामा १२, नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा ८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा ७, धनगढीको सेती अस्पतालको प्रयोगशाला र पोखराको प्रयोगशालामा दुई–दुई जना गरी थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको छ। संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्