Kathmandu Press

कोरोनाको उपचारमा खटिएका नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट

काठमाडौं, जेठ १३ : कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि क्वारेन्टाइन स्थलमै कुटपिट भएको छ।

कोरोनाको उपचारमा खटिएका नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट

काठमाडौं, जेठ १३ : कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि क्वारेन्टाइन स्थलमै कुटपिट भएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय असपतालका चिकित्सकमाथि सोमबार बसुरद्धिन अनसारीको नेस्लन मेडिकल कलेजमा कार्यररत चिकित्सक मधुरञ्जन सिंहले कुटपिट गरेको अस्पताल स्रोतले जानकारी दियो। 

अस्पतालका चिकित्सक क्वारेन्टाइनमा बसिरहेको टाउन हलमै पुगेर सिंह नेतृत्वको टोलीले चिकित्सकहरुसँग विवाद गरेको र एक जनामाथि कुटपिट समेत भएको हो।

‘चितवन मेडिकल कलेजबाट एमबीबीएस गरेका र नेसलन मेडिकल कलेजमा काम गरेका डा. मधुरञ्जन सिंहको टोलीले क्वारेन्टाइनमै रहेका चिकित्सकहरुलाई गाली गलौज र कुटपिट गरेका छन्,’ अस्पतालका एक चिकित्सकले काठमाडौं प्रेससँग भने, ‘क्वारेन्टाइन स्थलमा बारिहका अरु २/३ जनामा मानिस लगेर उनले चिकित्सकहरुलाई गाली गलौज गरे। एक जनामाथि हातपात समेत गरे।’

क्वारेन्टाइन स्थलमा झडपको स्थिती सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेका थिए। ‘प्रहरी, हामी (सिनियर चिकित्सक) र अस्पताल प्रमुख पुगेर विवाद मिलायौं,’ ती चिकित्सकले भने, ‘प्रहरीकै अघि सिंहले हामीमाथि अपशब्द बोलेका थिए। तर, पुलिस केस नगरी मौखिक सहमती गरेर छोडिएको छ।’

कसरी भयो घटना?

नारायणी अस्पतालका चिकित्सकहरुका अनुसार डा. सिंहले सरकारी अस्पताल र चिकित्सकहरुलाई लामो समयदेखि सामाजिक सञ्जालमा गाली गलौज गर्दै आएका थिए। सिंहले सामाजिक सञ्जालमै गालीगलौज गरिरहेपछि अस्पतालका जुनियर चिकित्सकहरुले प्रतिवाद गर्ने गरेका थिए। ‘उनले सरकारी अस्पतालमा राम्रो काम हुँदैन, मेसिनले काम गर्दैन। त्यहाँका डाक्टहहरु फटाह हुन्छन् भनेर ह्वाट्सएप ग्रुप, फेसबुकमा लेख्दै आएका थिए,’ ती चिकित्सकले भने, ‘सोमबार बिहान पनि मेडिकल एसोसियसनको साइटमा पनि जुनियर चिकित्सहरुले प्रतिवाद गरेका थिए। विवादका क्रममा सिंहले अस्पतालका हनुमानहरु छन्, अस्पतालका बारेमा यीनीहरुलाई केही भन्नै हुँदैन, भन्ने शब्द प्रयोग गरे। जुनियर चिकित्सहरुले हामी यति मेहनत गरेर काम गरिरहेका छौं। तपाई जस्ता मानिसहरुले मुख सम्हालेर बोल्नुस्, यस्तो शब्द प्रयोग नगर्नुस् भनेका थिए।’

बिहानको विवाद त्यतीकैमा सेलाएको थियो। तर, दिँउसो डा. सिंहले अरु दुई तीन जना बाहिरको मानिस लिएर चिकित्सक बस्ने क्वारेन्टाइन टाउन हलमा पुगेर गाली गलौज गरेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। ‘उनलाई सम्झाएर मौखिक सहमतीका आधारमा छोडिएको छ। उनी हाम्रो अस्पतालका चिकित्सक पनि होइनन्, अर्कै अस्पतालको हो। प्रहरीको सामुन्ने पनि म गुण्डा हो भन्दै हामीमाथि अपशब्द प्रयोग गरेका थिए,’ अर्का एक चिकित्कसले भने। 

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्