Kathmandu Press

रुकुमपश्चिमका सांसद जनार्दन शर्मा बोल्दाबोल्दै संसदमा हंगामा 

काठमाडौं, जेठ १३ः रुकुमपश्चिमका सांसद जनार्दन शर्मा बोल्दाबोल्दै प्रतिनिधीसभामा हंगामा भएको छ। शर्मा

रुकुमपश्चिमका सांसद जनार्दन शर्मा बोल्दाबोल्दै संसदमा हंगामा 
फाइल फोटो

काठमाडौं, जेठ १३ः रुकुमपश्चिमका सांसद जनार्दन शर्मा बोल्दाबोल्दै प्रतिनिधीसभामा हंगामा भएको छ। शर्माले रुकुमपश्चिममा भएको हत्याका विषयमा बोलिरहँदा कांग्रेस सांसदले विरोध जनाएका हुन्।

घटनाको विवरण प्रस्तुत गर्दै शर्माले हत्याको छानबिन र दोषिमाथि कारवाही गर्न राजनीतिक दबाब र प्रभाव नरहेको बताएपछि कांग्रेस सांसदले विरोध जनाएका हुन्। 

कांग्रेस सांसदले विरोध गरिरहँदा शर्मा झाेक्किएका थिए भने सभामुख अग्नि सापकोटाले स्थिती सम्हालन खोजे।

कांग्रेस सांसदले शर्माले गृहमन्त्रीको भाषा बोलेको भन्दै विरोध जनाएका थिए। तर, सभामुख सापकोटाले भनाइ टुंग्याउन आग्रह गरेका थिए। शर्माले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेर आफ्नो भनाइ टुंग्याउँदै घटनाको छानबिन गर्न आग्रह गर्दै दोषिमाथि कारवाहीको माग गरे।

 

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्