Kathmandu Press

रुकुमपश्चिममा गढीमाईमा राँगा काटिए जसरी दलित युवा काटिए, छानबिन गरौंः मीन विश्वकर्मा 

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले रुकुमपश्चिम हत्या प्रकरणको छानबिन

रुकुमपश्चिममा गढीमाईमा राँगा काटिए जसरी दलित युवा काटिए, छानबिन गरौंः मीन विश्वकर्मा 

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले रुकुमपश्चिम हत्या प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै विश्वकर्माले जेठ १० गते ६ जनाको हत्या भएको घटना इतिहासकै त्रासदीपुर्ण घटना भएको बताउँदै निश्पक्ष छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन्। ‘कोरोना भाइरसले चार महिनामा चार जनाको मात्रै ज्यान गएको छ। त्यो नरसंहरबाट ६ जनाको ज्यान गएकाे छ।

‘तीन जनाको लास भेटिएको  र तीन जना बेपत्ता छन्,’ उनले भने,  ‘त्रिशुलीमा बस खस्दा छानबिन हुन्छ। तर, नवराज विश्वकर्म सुस्मा मल्लसँग प्रेममा पर्छन्। प्रहरीले एक वर्ष अघि उमेर नपुगेकोले एक महिनापछि विवाह गर्ने भन्ने हुन्छ। मलाई लिन आउ भनेका कारण नवराज रुकुमपश्चिम जान्छन्। उनकी आमाले हारगुहार गर्छिन्। वडाध्यक्ष आउँछन्। घेरा हालेर गढिमाइको मेलामा राँगा काटे झैं सांघातिक हमला गर्छन्। चार किलोमिटर खेदिन्छ र मारिन्छ।’ 

घटनालाई प्रहरी प्रशासनले राजनीतिक प्रभाव र दवावमा तोडमोड गरेको उनको आरोप छ। ‘हजारौं वर्षदेखि अछुत बनेर बसेको समुदायले लोकतन्त्र, गणतन्त्र ल्याउँदा ठूलो योगदान गरेको छ। तर, यही गणतन्त्रमा अवोध बालकले प्रेम गरेको नाममा बलि चढ्नुपर्यो। गृहमन्त्रीको जवाफ माग्न चाहान्छु,’ उनले भने, ‘जातिय भेदभाव र छुवाछातविरुद्ध कानून बनाएका छौं। छुवाछुत मुक्त राष्ट्र पटकपटक घोषणा गरिएको छ। तर आज जसलाई जनताले मतदान गरे, जसको सरकार छ। उसकै मानिसहरु हत्यामा संलग्न छन्। अभियुक्तहरुलई पक्राउ गरेर कारवाही गर्नुपर्छ। यो घटनामाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन आवश्यक छ। पद र पहुँचका आधारमा कसैले उन्मुक्ति नपाओस्।’

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्