Kathmandu Press

विश्वकप छनोट: नेपालद्वारा ओमन १५० रनले पराजित

काठमाडौं, वैशाख ३ : यू–१९ विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले ओमनलाई एक सय ५० रनले पराजित गरेको छ।

दुई सय ३० रनको लक्ष्य पाएको....

विश्वकप छनोट: नेपालद्वारा ओमन १५० रनले पराजित

काठमाडौं, वैशाख ३ : यू–१९ विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले ओमनलाई एक सय ५० रनले पराजित गरेको छ।

दुई सय ३० रनको लक्ष्य पाएको ओमन ४४.१ ओभरमा सबै विकेट गुमाएर ७९ रनमै समेटियो । उसका लागि अमनप्रित सिंह सिरह र जील यगेस टन्नाले १३/१३ रन बनाए भने अरुले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका बलरले कसिलो बलिङ गरे । पवन सर्राफले तीन, प्रतिश जिसी र सूर्य तामाङले दुई/दुई तथा कुशल मल्ल र किसनसिंह ऐरीले एक/एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो।

नेपालका लागि रोहितकुमार पौडेलले ७५, प्रतिश जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए।

ओमनका लागि मुजाहिर राजा, एसआर रविन्द्र, अजम अली र जेवाई टन्नाले दुई­/दुई विकेट लिए।

आजको खेलमा नेपालका रोहितकुमार पौडेल प्लेयर अफ द म्याच भए।

नेपालले अर्को खेल बिहीबार कुवेतसँग खेल्ने छ।

वर्षाका कारण एउटा खेल हारेको नेपाल विश्वकप यात्रा भने कठिन छ । अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालको ६ अंक छ भने यूएईको आठ अंक छ।

नेपालले अबको अर्को खेल पनि जित्नु पर्ने छ भने यूएईले अर्को खेल हारेपछि मात्रै नेपाल विश्वकपका लागि छनोट हुनेछ । नत्र यूएई छनोट हुने निश्चित छ । वर्षाका कारण बीचमै खेल रोकिँदा यूएई बिजयी भएको थियो।

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, वैशाख ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्