Kathmandu Press

साढे ३५ लाख नाघे संसारभर कोरोना संक्रमित, मृतककाे संख्या दुई लाख ४८ हजार

काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको संक्रमण फैलिन थालेको चार महीना वित्दा पनि रोकिने संकेत देखिएको छ

साढे ३५ लाख नाघे संसारभर कोरोना संक्रमित, मृतककाे संख्या दुई लाख ४८ हजार

काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको संक्रमण फैलिन थालेको चार महीना वित्दा पनि रोकिने संकेत देखिएको छैन। सोमबारसम्म संसारभर साढे ३५ लाखभन्दा बढीमा कारोना देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, देश तथा स्वसाशित क्षेत्र गरेर दुई सय १२ भूभागमा कोरोनाको संक्रमण देखिएको छ। अहिलेसम्म ३५ लाख ६६ हजार दुई सय ९५ जनामा कोरोना देखिएको छ। जसमध्ये दुई लाख ४८ हजार दुई सय ८६ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोनाबाट ११ लाख ५४ हजार ६१ जना निको भएका छन्। अहिले २१ लाख ६३ हजार नौ सय ४८ जनाको उपचार भइरहेका छ भने त्यसमध्ये ५० हजार ४६ जना गम्भीर रहेका छन्।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ११ लाख ८८ हजार एक सय २२ जनामा कोरोना देखिएको छ। उनीहरुमध्ये ६८ हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ भने अझै १६ हजार एक सय ३९ जना गम्भीर रहेका छन्।

त्यसपछि दुई लाख ४७ हजार एक सय २२ जनामा कोरोना देखिएको छ भने २५ हजार दुई सय ६४ जनाको मृत्यु भएको छ। इटालीमा दुई लाख १० हजार सात सय १७ जनामा कोरोना देखिएको छ भने २८ हजार आठ सय ८४ जनाको मृत्यु भएको छ।

यसैगरि बेलायतमा एक लाख ८६ हजार पाँच सय ९९ जनामा कोरोना देखिएको छ भने २८ हजार चार सय ४६ जनाको मृत्यु भएको छ। फ्रान्समा एक लाख ६८ हजार ६ सय ९३ जनामा कोरोना देखिएको छ भने २४ हजार आठ सय ९५ जनाको मृत्यु भएको छ।

चीन भने लगभग कोरोनाबाट मुक्त हुँदै गएको छ। चीनमा कोरोना देखिएका ८२ हजार आठ सय ८० जनामध्ये ७७ हजार सात सय ६६ जना निको भएका छन्। चीनमा कोरोनाबाट चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

छिमेकी भारतमा भने कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको छ। गत २४ घन्टामात्रै दुई हजार ६ सय जनामा संक्रमण देखिएको छ। अहिलेसम्म भारतमा ४२ हजार पाँच सय ३३ जनामा कोरोना देखिएको छ भने एक हजार तीन सय ९१ जनाको मृत्यु भएको छ।

नेपालमा पनि कोरोनाको संक्रमण विस्तारै बढ्न थालेको छ। आइतरबार मात्रै बाँके १५ र पर्सामा एक जनामा कोरोना भेटिएको थियो। सोमबार बिहानसम्म भने नयाँ संक्रमण भेटिएको छैन।
अहिलेसम्म नेपालमा ७५ जनामा कोरोना देखिएको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

प्रकाशित मिति: १०:०७ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्