Kathmandu Press

नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २१ : बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, वैशाख २१ : बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नेपालगञ्जमा आइतबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमणको देखिएको हो।  यसअघि आइतबार दिउँसो बाँकेमै ९ जनामा कोरोनाको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका। योसँगै आइतबारमात्रै बाँकेमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

यसअघि  नेपालगञ्जमा एक जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। 

नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्। 

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्