नेपालमा एकैदिन १० जनामा कोरोनाको संक्रमण
काठमाडाैं, वैशाख २१ : नेपालमा एकैदिन १० जनामा कोरोनाको संक्रमण भेटिएको छ।
आइतबार पर्स

काठमाडाैं, वैशाख २१ : नेपालमा एकैदिन १० जनामा कोरोनाको संक्रमण भेटिएको छ।
आइतबार पर्सामा एक र बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका आइतबार गरिएको परीक्षणमा नेपालगञ्जका ९ र वीरगञ्जका ३६ वर्षीय पुरूषमा कोरोनाको संक्रमण देखिएको हो। नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएकाहरु सातदेखि ५८ वर्ष उमेर समूह चार महिला र पाँच पुरूष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।
प्रकाशित मिति: १६:२७ बजे, आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











