Kathmandu Press

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २१ : पर्साको वीरगञ्ज महानगरपालिका–३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना सं

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २१ : पर्साको वीरगञ्ज महानगरपालिका–३, छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

आइतबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोनाको संक्रमण देखिएका उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ। संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्। 

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्