Kathmandu Press

भारतमा अलपत्र परेका नेपाली ल्याउनु जोखिमपूर्ण : प्रधानमन्त्री

काठमाडौं, वैशाख २१ : भारतमा अलपत्र परेका नेपालीलाई ल्याउनु जोखिमपूर्ण रहेको प्रधानमन्त्री ओलीले

भारतमा अलपत्र परेका नेपाली ल्याउनु जोखिमपूर्ण : प्रधानमन्त्री
फोटो : सुर्य थापाको फेसबुकबाट

काठमाडौं, वैशाख २१ : भारतमा अलपत्र परेका नेपालीलाई ल्याउनु जोखिमपूर्ण रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले भारतमा लकडाउन लम्बिएपछि अलपत्र परेको नेपालीलाई के गर्ने भन्ने मन्त्रीहरुको प्रश्नको जवाफमा प्रधानमन्त्रीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको बताउँदै लोकप्रिय कुरा गरेर नहुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भारतबाट १२ सय नेपाली ल्याउने निर्णय गर्दा दुई हजार नेपाली आउने सम्भावना रहेको भन्दै भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताए।

सिमानामा अलपत्र परेका नेपालीलाई ल्याउन खोज्दा दिल्लीमा रहेकाहरु पनि हिँड्न थाल्ने भन्दै अहिले भारतबाट नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीको विश्लेषण थियो।

साथै उनले भारतबाट संक्रमित भित्रन नदिन सीमा नाकामा अझै कडाइ गर्न निर्देशन दिए।

भारतमा कोरोना भाइसको संक्रमित बढ्दै गएपछि लकडाउन पनि लम्बिएको छ। लकडाउनको कारण भारतमा समस्यामा परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो।

लकडाउनको कारण चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन्र। भारतको अन्य स्थानमा पनि अलपत्र परेका नेपालीहरु छन्।

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्