Kathmandu Press

वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने नेकपा सचिवालयको निर्णय 

काठमाडौं, बैशाख २०ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी बैठक बो

वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने नेकपा सचिवालयको निर्णय 

काठमाडौं, बैशाख २०ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

त्यसअघि वैशाख २४ गते बस्ने सचिवालय बैठकले पार्टीको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने र सोही कार्ययोजना सचिवालयका तर्फबाट स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिए।

आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वा पार्टी सञ्चालन सम्बन्धमा भएको गल्तीको आत्मालोलना गरेको पनि श्रेष्ठले बताए। 

२५ गते बस्ने स्थायी कमिटीको बैठकको तयारीका लागि वैशाख २४ गते पुन: सचिवालय बैठक बोलाइएको छ। उक्त बैठकले स्थायी कमिटी बैठकमा पेश हुने पार्टीको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ। 
 

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, वैशाख २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्