रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु
लिवाङ, वैशाख १८ : रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
बाख

लिवाङ, वैशाख १८ : रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
बाख्रा चराउन गोठालो गएको बेला बेवारिसे बम विष्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँका चार बालबालिकाको मृत्यु भएको हो।
बम विष्फोटमा परी त्रिवेणी गाउँपालिका–७ गैरिगाउँका ११ वर्षीया विमला केसी, ५ वर्षीय विजय केसी, १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीयका गौरव नेपालीको घटनास्थलमै मृत्यु भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिए।
उक्त बम सशस्त्र द्वन्द्वका बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

‘बेवारिसे बम खेलाउँदा खेलाउँदै पड्किएर बालबालिकाको मृत्यु भएको खबर आएको छ,’ उनले भने,‘ घटनाबारे थप अनुसन्धान भइरहेको छ।’











