Kathmandu Press

अदालतको आदेशपछि रिहा भएका अग्रवाल पुन: पक्राउ

काठमाडौं, वैशाख १८:  स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका

अदालतको आदेशपछि रिहा भएका अग्रवाल पुन: पक्राउ

काठमाडौं, वैशाख १८:  स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल रिहा भए लगतै पुन: पक्राउ परेका छन्।

सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा अनुसन्धानका लागि उनलाई पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले बताए।  विभागले अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई  पठाउन आदेश दिएपछि पक्राउ गरिएको बोगटीले जानकारी दिए।

कोरोना महामारीका बेला कालोबजारी गरेको आरोपमा २५ दिनअघि पक्राउ परेका अग्रवाल बिहीबार काठमाडौं जिल्ला अदालतको आदेशमा साढे २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्