Kathmandu Press

सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने ओली प्रस्ताव, तत्कालको संकट टार्ने रणनीति!

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वाम

सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने ओली प्रस्ताव, तत्कालको संकट टार्ने रणनीति!

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन्। 

प्रधानमन्त्रीबाट ओली हट्नुपर्ने तयारीका साथ बैठकमा सहभागि भएका बामदेव आफै उक्त प्रस्ताव आएपछि चकित परेका थिए भने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल र नेता माधवकुमार नेपाल पनि त्यस्तो प्रस्ताव आएपछि रनभुल्लनमा परेको एक सचिवालय सदस्यले बताए । नेकपाको नौ सदस्यीय सचिवालयमा ओली अल्पमतमा भएकाबेला बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विभाजन गर्ने रणनीतिका साथ आएको प्रचण्ड र नेपाल पक्षको बुझाई छ । 

प्रधानमन्त्री बन्नका लागि संविधानले संसदको सदस्य हुनुपर्ने व्यवस्था गरेको छ । तर गौतम संसदिय निर्वाचनमा पराजित भएका हुन्। उनलाई राष्ट्रिय सभा सदस्य बनाउन सचिवालयले सिफारिस गरेपनि ओलले बनाएका छैनन्। यद्यपी राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउने व्यवस्था वर्तमान संविधानमा छैन्। राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म हुन पाउने प्रावधान संविधानमा छ । 

बैठकमा प्रचण्डले ओलीले पार्टी एकता विपरित गतिविधि गरेको भन्दै तत्काल राजिनामा गर्नुपर्ने धारणा बैठकमा राखेका थिए । उनले दुई पार्टी एकता भएदेखिनै ओलीले आफ्नो गुटको भेला गराउने, एकता विरोधी गतिविधि गर्ने लगायतका काम गर्दै पार्टी फुटाउने नियतका साथ अधि बढेको आरोप लगाएका थिए । 

प्रचण्डले सरकारले पछिल्लो समय ल्याएको दुई अध्यादेश पार्टी फुटाउने नियतबाट आएको आरोप पनि बैठकमा लगाएका थिए । 'तपाईंले सधैं पार्टीविरोधी गतिविधि गरेकाले अब राजीनामा गर्नुस् र सत्ता छाड्नुस्,' बैठकमा प्रचण्डले राखेका भनाई उदृत गर्दै एक सदस्यले भने।

प्रचण्डले आफ्नो भनाइ सक्नेबित्तिकै प्रधानमन्त्री ओलीले धारणा राखेका थिए । ओलीले प्रचण्डले उठाएका सवालतिर नगई वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे ।  'कोरोना महामारीको समस्या सकिएपछि अनुकूल समयमा म राजीनामा दिन्छु, वामदेव गौतमलाई प्रधानमन्त्री बनाऊ', ओलीले भने। 

ओलले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरी बनाएर बामदेवलाई प्रधानमन्त्री बनाऊँ भन्ने धारणा बैठकमा राखेका थिए । 

ओलीले माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव राखेका थिए ।  'माधव कमरेडको पनि मानमर्यादा पुगेन भन्ने छ, उहाँलाई पनि पार्टीको तेस्रो अध्यक्ष बनाऊँ', ओलीले बैठकमा भने। 

बैठकमा माधव नेपाल, झलनाथ खनाल दुवैले प्रधानमन्त्रीले राजिनामा गरेर मार्गप्रसस्त गर्नुपर्ने धारणा राखेका थिए । 
 

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्