बलिउड अभिनेता इरफान खानको निधन
काठमाडौं, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको आज बिहान मुम्बईमा निधन भएको हो।

काठमाडौं, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको आज बिहान मुम्बईमा निधन भएको हो।
५३ वर्षीय इरफान सन् २०१८ देखि क्यान्सरसँग लडिरहेका थिए। उनको बेलायतमा पनि उपचार भएको थियो।
उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान निधन भएको फिल्म निर्माता सुजित सरकारले जनाएका छन्।
My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.
— Shoojit Sircar (@ShoojitSircar) April 29, 2020
उनले अभिनय गरेको अन्तिम फिल्म अंग्रेजी मिडिय हो। जुन भारतमा लकडाउन हुन अघिल्लो दिन रिलिज भएको थियो। लकडाउन भएपछि प्रदर्शन रोकिएको थियो।
उनले ब्लकब्सटर फिल्म मक्सुद, पिकु, पान सिंह तमोर, स्मलडक मिलेनियर, लाइफ अफ पिलगायतका फिल्ममा अभिनय गरेका थिए।
उनी आमाको पनि केही दिन अघि निधन भएको थियो। उनी आमाको अन्तिम संस्कारमा जान पाएका थिएनन्।
उनकी पत्नी सुतापा तथा दुई छोरा बबिल आयान छन्।











