Kathmandu Press

थप तीन जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्याे

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमित बुधबार तीन जना थपिएका छन् । दुई जना बारा र एक जना

थप तीन जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्याे

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमित बुधबार तीन जना थपिएका छन् । दुई जना बारा र एक जना वीरगञ्जका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो। 

जितपुर सिमरा नगरपालिकाका ४३ वर्षीष् पुरुष, सिम्रौनगढका ३१ वर्षीय पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए।

संक्रमित तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजाने तयारी भइरहेको छ। रौतहटमा हिजो भेटिएका दुई व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्