संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण
काठमाडौं, वैशाख २ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण वज्राचार्यले टोलीला....

काठमाडौं, वैशाख २ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षक भूषण वज्राचार्यले टोलीलाई पहिलो स्वर्ण दिलाएका छन्।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले सोमबार आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेस्रो भए।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेस्रो भए।
प्रकाशित मिति: १९:४६ बजे, सोमबार, वैशाख २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










