सगरमाथा चढ्न ३३९ जनाले लिए अनुमति, ४० करोड रोयल्टी उठ्यो
काठमाडौं, वैशाख २ : सगरमाथा आरोहरणमा यस वर्षको मुख्य सिजनमा ३ हजार ३९ जना आरोहणको अनुमति लिएर आधार शिविरतर्फ लगेका छन्। सागरमाथा आरोहणका लागि यस....

काठमाडौं, वैशाख २ : सगरमाथा आरोहरणमा यस वर्षको मुख्य सिजनमा ३ हजार ३९ जना आरोहणको अनुमति लिएर आधार शिविरतर्फ लगेका छन्। सागरमाथा आरोहणका लागि यस वर्ष स्वदेशी र विदेशी गरेर ३५ समूहले आरोहण अनुमति लिएका छन्।
पर्यटन विभागले दिएको जानकारी अनुसार यो सिजनमा २० हिमालका लागि ६ सय ६७ जनाले आरोहण अनुमति लिएका छन्। हिमाल आरोहणका लागि ७५ समूहबाट ६ सय ६७ जना आरोहीले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए। यस वर्ष हिमाल आरोहणबाट मात्रै विभागले ४५ करोड १३ लाख २७ हजार १ सय ९५ रुपैयाँ रकम संकलन भएको थापाले जानकारी दिए।
‘मौसमको अध्ययन र अनुसन्धान पश्चात् केही दिन ढिलो गरी सुरु भएको आरोहणका लागि अहिले आरोहीहरु सगरमाथाको आधार शिविर पुगिसेका छन्,’ थापाले भने।
आइसफल डाक्टरहरूहरुले हिमाल आरोहणका लागि बाटो बनाउने काम जारी राखेका छन्। विशेष गरी आइसफल डाक्टरहरु सगरमाथाको बाटो बनाउन खटिएका छन्।
सगरमाथाबाट मात्रै ४० करोड रोयल्टी संकलन
चालु वर्षको सिजनमा सगरमाथाबाट मात्रै ४० करोड ७२ लाख १५ हजार २ सय ६२ रुपैयाँ रोयल्टी संकलन भएको छ। अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि २ सय ८९ जनाले सरकारबाट अनुमति लिई आधार शिविर पुगेका थिए। यस वर्ष भने ३ सय ३९ जनाले आरोहण अनुमति लिएका छन्।












-1764753058.png)