Kathmandu Press

वीरगञ्जमा बस्दै आएका तीन भारतीय नागरिकलाई कोरोना लागेकाे पुष्टि

वीरगञ्ज, चैत ३० : नेपालमा कोरोना भाइरसका थप तीन जना संक्रमित भेटिइका छन्। वीरगञ्जमा रहेका तीन जना भारतीय धर्मगुरुमा क

वीरगञ्जमा बस्दै आएका तीन भारतीय नागरिकलाई कोरोना लागेकाे पुष्टि

वीरगञ्ज, चैत ३० : नेपालमा कोरोना भाइरसका थप तीन जना संक्रमित भेटिइका छन्। वीरगञ्जमा रहेका तीन जना भारतीय धर्मगुरुमा कोरोनाको संक्रमण भेटिएको हो।

वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा परीक्षणका लागि गएका तीन जना भारतीय धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। नारायण अस्पतालमा परीक्षणका लागि पुगेका २४ जनामध्ये तीन जनामा संक्रमण देखिएको जनाएको छ।

अस्पतालका चिकित्सकका अनुसार, उनीहरुको हेटौडामा दुई पटक परीक्षण गरिएको थियो। दुवै पटक कोरोनाको संक्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा पठाइएको थियो। शनिबार राष्ट्रिय प्रयोगशलामा गरिएको परीक्षणमा पनि पोजिटिभ देखिएको थियो।

Hardik ivf

उनीहरुमा संक्रमण देखिएको राष्ट्रिय प्रयोगशालाले खबर गरेको नारायणी अस्पतालका चिकित्सकले बताए। उनका अनुसार, केन्द्रबाट पनि पुष्टि भएपछि नारायणी अस्पतालको आकष्मिकबाहेका सेवा बन्द गरिएको छ।

तीन जना भारतीय धर्मगुरुमा कोरोनाको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। यस अघि नौ जनामा संक्रमण देखिएको थियो। एक जनाको निको भएका छन भने आठ जनाको उपचार भइरहेको छ।

अहिले कोरोना देखिएका तीनै जना धर्मगुरु वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए। उनीहरुले मस्जिदमा प्रवचन दिएका थिए।

प्रवचनमा धेरैजना सहभागी रहेको जनाएको छ। प्रवचनमा सहभागी तथा मस्जिदमा गएका व्यक्तिहरुलाई अस्पतालमा आएर परीक्षण गराउन अस्पतालको कोरोना  डेस्कका प्रमुख चिकित्सक डा.निरज सिंहले आग्रह गरे। 'मस्जिदमा जोकोही पनि गएका छन्। म सबैलाई अस्पतालमा आएर परीक्षण गराउन आग्रह गर्दछु,' डा.सिंहले भने।

प्रवचनमा सहभागी सबै जनालाई पनि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। स्थानीय प्रशासनका अनुसार, ती भारतीय धर्मगुरु तीन महिनादेखि नेपालमा छन्। उनीहरु नौ दिन अघि वीरगञ्ज पुगेका थिए।

त्यस अघि उनीहरुले मोरङ र सप्तरीमा प्रवचन दिएको जनाएको छ। जसमा सयौं मुस्लिम धर्मालम्बी सहभागी थिए।

प्रकाशित मिति: ११:०१ बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्