Kathmandu Press

लकडाउन वैशाख ३ सम्म कायम राख्ने सरकारको निर्णय

काठमाडौं, चैत २४ : सरकारले लकडाउन वैशाख ३ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

प्रधानम

लकडाउन वैशाख ३ सम्म कायम राख्ने सरकारको निर्णय

काठमाडौं, चैत २४ : सरकारले लकडाउन वैशाख ३ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म कायमै राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले सुरुमा मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने गरी चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरेको थियो।

तर, पछि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि आठ दिन थप गर्दै लकडाउन चैत २५ गते राति १२ बजेसम्म कायम राख्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्