Kathmandu Press

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेष्ट गरिने

काठमाडौं, चैत २२ : कोरोना भाइरसको संक्रमण देखिएका तीन जिल्लामा र्‍यापिङ टेष्ट गरिने भएको छ।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोनाको र्‍यापिड टेष्ट गरिने

काठमाडौं, चैत २२ : कोरोना भाइरसको संक्रमण देखिएका तीन जिल्लामा र्‍यापिङ टेष्ट गरिने भएको छ। 

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्ट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले कोरोनाको र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो।

‘कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्ट तत्काल सुरु गरिनेछ,'उनले भने,'संक्रमित व्यक्तिका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको र्‍यापिड टेष्ट अघि बढाइने छ।बाँकीको पीसीआर विधिबाट परीक्षण हुनेछ।’  

उनले कोरोनाको परीक्षणलाई ठूलो स्केलमा लैजाने पनि निर्णय गरिएको जानकारी दिए।  सुदूरपश्चिम प्रदेशको कैलाली तीन र कञ्चनपुरमा एक गरी चार जना र बागलुङमा दुई जनामा कोरोनाको संक्रमण भेटिएपछि यी तीन जिल्लामा सरकारले  कोरोनाको परीक्षणलाई ठूलो स्केलमा अघि बढाउने भएको  हो। 

 

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, चैत २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्