Kathmandu Press

नेपालमा कोरोनाका थप तीन संक्रमित भेटिए

काठमाडौं, चैत २२ : नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वा

नेपालमा कोरोनाका थप तीन संक्रमित भेटिए

काठमाडौं, चैत २२ : नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सख्या ९ पुगेको छ भने पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।
 

यसअघि ६ जना कोरोनाका संक्रमित भेटिएका थिए। तीमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने चीनबाट आएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कोरोनाबाट संक्रमित भएर उपचाररत पाँचै जनाको स्वास्थ्य स्थिति सामान‍्य भएको जानकारी दिएका थिए। 

प्रकाशित मिति: १३:२० बजे, शनिबार, चैत २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्